वनमा लागेको आगो बस्तीमा पस्दा दुई गोठ जले

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

सल्यानको एक सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट भएका छन्। सिद्ध कुमाख गाउँपालिका–२ स्थित जलबारे सामुदायिक वनमा लागेको बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट भएका हुन्। 

आगोले वडा नं. २ की ६६ वर्षीया सुशीला बोहरा र २६ वर्षीय रेशम बोहराको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। 

आगलागीबाट ४० हजारबराबरको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ। चार वर्षदेखि ती गोठ खाली रहेकाले मानवीय तथा अन्य भौतिक क्षति नभएको केसीले बताए। 

स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा जंगलमा लागेको आगो नियन्त्रणमा आएकाले बस्तीका अन्य घरमा क्षति नभएको प्रहरीको भनाइ छ। 
 
 

सुझावित समाचार