चितवन राइनोजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससामु १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनायो।
चितवनका लागि देव खनालले ३५, अल्पेश रामदानीले अविजित ३३, कप्तान कुशल मल्लले २३ र सैफ जेबले १७ रन बनाए।
पोखराका लागि धनन्जय लक्षणले तीन तथा विपिन खत्री, किरण ठगुन्ना र रोहित चन्दले विकेट लिए।
दुवै टिम यसअघि नै प्लेअफ दाैडबाट बाहिरिसकेका छन्।