हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुईजना पक्राउ

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटेलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बौद्ध बस्ने ४२ वर्षका सेड्डी भन्ने दाबा शेर्पा र बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने २९ वर्षका रने भन्ने रन्जित खड्गी छन्। उनीहरूलाई मंसिर १२ गते बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अपरिचित समूहले धारिलो हतियार देखाएर क्यासिनो काउन्टरमा राखिएको नगद लुटपाट गरेका थिए। त्यही क्रममा क्यासिनोभित्रका संरचना तोडफोड र आगजनीसमेत गरी उनीहरू फरार भएका थिए।

दुवैलाई चोरी तथा डाँकासम्बन्धी कसुर र आपराधिक उपद्रव गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिनसम्मको म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

सुझावित समाचार