आगलागीमा करिब ६ लाखको क्षति

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका– २ पोखरभिण्डामा शुक्रबार बिहान भएको आगलागीमा दुई घर जल्दा करिब ६ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय रविन कामैतको फुसको दुईतले घरमा शुक्रबार बिहान करिब १ बजेतिर विद्युतको तार सर्ट भई अचानक आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीमा घर, धानचामल, लत्ताकपडा, गरगहनासहित करिब पाँच लाख ९० हजार मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीका अनुसार आगलागीको सूचना पाएलगत्तै शुक्रबार बिहान करिब सवा १ बजेतिर  इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी सहायक निरीक्षक बद्रीनारायण यादवको कमान्डमा घटनास्थलमा प्रहरी परिचालन गरी स्थानीय बासिन्दाको समेत सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार रविनको घरमा लागेको आगोले छिमेकी नवीन कामैतको समेत एकतले फुसको घर जल्दा धानचामल, लत्ताकपडासहित करिब पाँच लाख ९० हजार रुपैयाँबराबरको क्षति भएको हो । 

See More On

सुझावित समाचार