पावरप्लेमा एक विकेट गुमाएर सुदूरपश्चिमले ४६ रन जोड्यो

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
पावरप्लेमा एक विकेट गुमाएर सुदूरपश्चिमले ४६ रन जोड्यो

तस्बिर: एनपिएल

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा एक विकेट गुमाएर ४६ रन जोडेको छ।

पावरप्लेमा सुदूरपश्चिमले ओपनर विनोद भण्डारीलाई गुमायो। १७ बल सामना गरेका भण्डारी दुई चौका र एक छक्कासहित २१ रन जोडेर पेभेलियन फर्किए। अर्का ओपनर क्रिस लिन १८ बलमा २३ रन जोडेर खेलिरहेका छन्।

६ ओभरको समाप्तिमा चितवन राइनोजका लागि रञ्जित कुमारले एक विकेट हात पारे। दुई ओभरमा उनले १० रन मात्र खर्चिए।

सुझावित समाचार