महिला टी-२० विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो ।

उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका क्यानले जनाएको छ ।

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ । बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ ।

आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुनेछन् । तीमध्ये शीर्ष चार देश इंग्ल्यान्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

ग्लोबल क्वालिफायरको समूह ‘ए’मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’मा नेपालसहित बंगलादेश, नामिबिया, नेदरल्यान्ड र पपुवान्युगिनी परेका छन् ।

सुझावित समाचार