एनसेल एपको डाउनलोड एक करोड नाघ्यो, दसदिने उत्सव कार्यक्रम सुरु

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’को डाउनलोड एक करोड पुगेको छ । योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लाटफर्ममध्ये एक बनेको छ । यसै अवसरमा एनसेलले दसदिने उत्सव कार्यक्रम घोषणा पनि गरेको छ । जसअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जिबी अल टाइम डेटा पाउन सक्नेछन् । साथै, पहिलोपटक एप डाउनलोड गरी लगइन गर्ने वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहक १० जिबी डेटा जित्नयोग्य हुने एनसेलले जनाएको छ । 

‘एनसेल एपमार्फत एक करोडभन्दा बढी ग्राहक हामीसँग जोडिनुभएकोमा खुसी छौँ । यो उपलब्धि केवल एउटा संख्या होइन, यसले ग्राहकलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ,’ एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।

एनसेल एपमार्फत ग्राहकले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकहाँ नगईकन सजिलै विभिन्न सेवा लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्नेलगायतका सेवाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ ।

एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यसले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याक सहज रूपमा हेर्न र मन पर्ने प्याकको सूची बनाई राख्न सहयोग गर्ने बताइएको छ ।

See More On

सुझावित समाचार