मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रस्ताव पेस गर्न बुधबार आह्वान गरेका छन्। शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नभएपछि बुधबार राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। 

सर्वोच्च अदालतको फैसलाअनुसार संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएको छ। जुन प्रावधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने उल्लेख छ। 

सुझावित समाचार