कोटेश्वर इन्टरसेक्सनमा अन्डरपास–फ्लाइओभर बन्ने, नेपाल–जापानबिच ऋण सम्झौता

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि नेपाल सरकार र जापान सरकारबिच आज अर्थ मन्त्रालयमा ऋण सम्झौता भएको छ। सम्झौता हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालकाे उपस्थिति थियो।

परियोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्गतर्फ आउने–जाने यातायात सहज बनाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। परियोजनाको कार्यान्वयन सडक विभागले गर्नेछ।

सम्झौता प्रक्रियाअन्तर्गत सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा र जेआइसिए नेपालका प्रमुख मित्सुजाकी मात्सुकीले हस्ताक्षर गरेका छन्।

सुझावित समाचार