सन् १९८४ : भारतको भोपालमा एक युनियन कार्बाइड कीटनाशक कम्पनीबाट ४५ टन मिथाइल आइसोसाइनेटलगायत ग्यास चुहिएपछि कम्पनीआसपास बस्ने पाँच लाख मानिस प्रभावित भए भने तत्काल दुई हजार २५९ को ज्यान गयो । हजारौँ मानिस पछि मारिएका थिए ।
सन् १६३९ : युरोपमा पहिलोपटक अदालतले विवाहलाई अमान्य घोषणा गरेसँगै पूर्णत: धार्मिक संस्था (चर्च)को क्षेत्राधिकार रहेको विषयमा न्यायिक क्षेत्रले हस्तक्षेप गर्यो ।
सन् १८१८ : इलिनोई अमेरिकाको २१औँ राज्य बन्यो ।
सन् १८५४ : अस्ट्रेलियाको युरेका क्षेत्रका सुुनखानी मजदुरले गरेको विरोधमा राज्य फौजले दमन गर्दा २० जनाको मृत्यु भयो । यस घटनाप्रतिको आम आक्रोशलाई साम्य पार्न अस्ट्रेलियामा धेरै प्रजातान्त्रिक सुधार गरिएको थियो ।
सन् १९११ : वैज्ञानिक विलिस क्यारियरले यसै दिन ‘अमेरिकन सोसाइटी अफ मेकानिकल इन्जिनियर्स’मा पेस गरेको पत्रमा एयरकन्डिस्नर निर्माणको बलियो आधार प्रस्तुत गर्यो ।
सन् १९२० : टर्की र आर्मेनियाबिच भएको ‘एलेक्ज्यान्ड्रोपोल सम्झौता’ले दुई देशबिच जारी युद्ध अन्त्य गर्यो ।
सन् १९४५ : भर्खरै नाजी नियन्त्रणबाट मुक्त भएको ग्रिसमा वामपन्थी प्रतिरोधी फौज र निर्वासनबाट फर्किएको ब्रिटेन समर्थित सरकारको फौजबिच एजेन्सका सडकमा झडप सुरु भयो । जनवरी ११ सम्म चलेको शृंखलाबद्ध झडपले ग्रिसमा गृहयुद्धको बिउ रोपेको मानिन्छ ।
सन् १९६७ : दक्षिण अफ्रिकाका सर्जन डा. क्रिस्चियन बर्नार्डले केपटाउनको ग्रुट स्कुर हस्पिटलमा विश्वको पहिलो मानव–मानवबिच मुटु प्रत्यारोपण सम्पन्न गरे । मुटु प्रत्यारोपण गरिएका ५४ वर्षीय बिरामी लुई वासकान्स्की १८ दिनसम्म बाँचेर न्युमोनियाका कारण बिते ।
सन् १९७१ : बंगलादेशमा जारी स्वतन्त्र संग्राममा भारतीय सेना पाकिस्तानी सेनासँग लडिरहेका बंगाली स्वतन्त्र सेनानीको पक्षमा आएसँगै प्रत्यक्ष रूपमा पाकिस्तान–भारत युद्ध सुरु भयो, जुन डिसेम्बर १६ मा पाकिस्तानको आत्मसमर्पणसँगै अन्त्य भयो ।
सन् १९८९ : सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभ र अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले माल्टा वार्ताका क्रममा शीतयुद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गरे ।
२००४ : दक्षिण कोरियाली राष्ट्रपति युन सुक यियोलले ५० वर्षमा पहिलोपटक मार्सल ल घोषणा गरे, जसलाई लगत्तै संसद्ले आपत्कालीन मतदान गरेर खारेज गरिदियो ।