नवलपुरको विनयी त्रिवेणी गाउँपालिका- २, बाह्रघरेस्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ह १७४२ नम्बरको अटो र दुम्किबासबाट सर्दीतर्फ जाँदै गरेको प्र ३–०३–००१ प ८५४२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाएको हो।
दुर्घटनामा परी अटोचालक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका- २, सुनटाडीनिवासी ६० वर्षीय हेमबहादुर गहतराज, मोटरसाइकलचालक विनयी त्रिवेणी- ४, निवासी २८ वर्षीय विवेक भट्टराई, मोटरसाइकल पछाडि सवार ३७ वर्षीय कर्णबहादुर विक घाइते भएका छन्।
त्यसैगरी, अटोमा सवार विनयी त्रिवेणी- २ निवासी ५२ को यमबहादुर सिंजालीमगर, ५१ वर्षीया तुलसरा सिंजालीमगर, १८ वर्षीय जेम श्रीसमगर र ५७ वर्षीय भीमबहादुर सुनारी घाइते भएका छन्।
दुर्घटना परी घाइते अटोचालकको चितवनमा र बाँकीको मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।