सदाकतपछि अनिलले पनि बनाए अर्धशतक

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण
सदाकतपछि अनिलले पनि बनाए अर्धशतक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले उत्कृष्ट सुरुवात गरेको छ। 

चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका दुई खेलाडीले अर्धशतक पूरा गरेका छन्। माज सदाकतसँगै अनिल साहले अर्धशतक पूरा गरेका हुन्। 

ओपनर आशिफ शेख १८ बलमा १८ रन जोडेर आउट भएका थिए। ३० बल सामना गरेका माज सदाकतले ६३ रन जोडेर पेभेलियन फर्किए। उनले ६ चौका र चार छक्का प्रहार गरे। साहले २८ बलमा ५० रन जोडे। उनले दुई चौका र तीन छक्का प्रहार गरे।

अहिले साहसँगै जान निकोल लफ्टी इटन ब्याटिङ गरिरहेका छन्। जनकपुरले १३.५ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर १३८ रन बनाएको छ।
 

सुझावित समाचार