आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदै छ ।
आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरु गरिएको हो ।
निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् ।
मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिनेछ । आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेदवारहरूको बन्दसूची अन्तिम प्रकाशन हुनेछ।