पर्यटन मन्त्रालयका सचिव फेरिए

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले दुई सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा मुकुन्द निरौलालाई सरुवा गरेको छ। निरौला यसअघि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत थिए। 

पर्यटन मन्त्रालयका सचिव हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । 

सोमबारकै मन्त्रिपरिषद् बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गरेको छ। 

सुझावित समाचार