भारतमा उज्यालो नेपाल पार्टीको पहिलो प्रवास समिति गठन, त्रिपाठी संयोजक चयन

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

मंसिर १४ गते भारतको नयाँदिल्लीमा आयोजना गरिएको एक भेलामार्फत उज्यालो नेपाल पार्टीले पहिलो प्रवास समिति गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालको उपस्थितिमा वैठक भौतिक तथा अनलाइन दुवै माध्यमबाट सम्पन्न गरिएको थियो।

भेलामा सहभागी सदस्यहरूको सर्वसम्मतिले जनक त्रिपाठीको संयोजकत्वमा २१ सदस्यीय उज्यालो नेपाल पार्टी, भारत तदर्थ समिति गठन गरिएको हो।
उद्यमशीलता प्रवर्धनको क्षेत्रमा सक्रिय रहेका त्रिपाठी नेपालको बैंकिङ क्षेत्रमै १० वर्षभन्दा बढी अनुभव हासिल गरिसकेका छन्। हाल उनी दिल्लीस्थित सार्क विश्वविद्यालयमा समाजशास्त्रमा विद्यावारिधि  गर्दैछन्।

जेनजी आन्दोलनपछि परिवर्तनको चाहना बढ्दै गएको र फागुनमा हुने निर्वाचनलाई ध्यानमा राखी भारतमा रहेका नेपालीहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने लक्ष्य पार्टीले लिएको केन्द्रीय सदस्य सिलवालले जानकारी दिए।

समितिका संयोजक जनक त्रिपाठीले भारतका विभिन्न राज्यबाट प्रतिनिधित्व हुने गरी छिट्टै राष्ट्रिय समिति विस्तार गरिने तथा पुस महिनाभित्रै सबै राज्यमा समिति गठन पूरा गर्ने योजना रहेको बताए।

सुझावित समाचार