एमाले महासचिव शंकर पोख्रेलको गृहजिल्ला दाङमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएको छ। एकलौटी ढंगले प्रतिनिधि छनोट गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले सोमबार प्रेस विज्ञप्ति जारी गरी षड्यन्त्र र जालझेलद्वारा प्रतिनिधि छनोट गरिएको र बदर गर्नुपर्ने माग राखेका हुन्।
१३ मंसिरमा महाधिवेशन प्रतिनिधि चयन गर्ने केन्द्रीय नीति रहे पनि पार्टीको निर्देशिकाविपरीत १२ मंसिरमै आफूअनुकूल व्यक्तिको सूची सार्वजनिक गरेको उनको भनाइ छ।
न्यूनतम मापदण्डसमेत पूरा नभएका व्यक्तिलाई प्रतिनिधिमा छनोट गरेको उनको भनाइ छ। भुसालले निर्देशिकाबमोजिम निर्वाचन प्रक्रियाद्वारा प्रतिनिधि छनोट गर्न माग गरेका छन्।