केन्द्रीय कारागारबाट फरार कैदी बर्दियामा पक्राउ

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

केन्द्रीय कारागार काठमाडौंबाट फरार कैदी बर्दियाको गुलरियामा पक्राउ परेकी छिन्। जेन-जी आन्दोलनका क्रममा काठमाडौंबाट फरार भएकी कोहलपुर नगरपालिका– १२ की ४४ वर्षीया सीता खत्री बर्दियाबाट पक्राउ परेकी हुन्।

आन्दोलनका क्रममा फरार भएकी खत्रीलाई प्रहरीले लुकिछिपी हिँडिरहेको अवस्थामा गुलरिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।

खत्री बैंकिङ कसुरमा सजाय भुक्तान गरिरहेकी थिइन्। उनले अझै ४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार