कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीको निधन भएको छ। आइतबार नेता बिसीको निधन भएको हो।
नेपालील कांग्रेसमा लामो समय राजनीति गरेका बिसी ०७४ सालको प्रदेश सभा निर्वाचनमा समानुपातिक कोटाबाट कर्णाली प्रदेशका सांसद थिए। सोही समयमा कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री भएका थिए।
मिर्गौलापीडित रहेका बिसीको ७१ वर्षको उमेर निधन भएको हो। उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।