अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष र वडाध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार आयोगले नरहरिनाथ गाउँपालिका, कालिकोटका तत्कालीन उपाध्यक्ष मनशाेभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि गै कानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।