अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ पक्राउ परेका छन् । काठमाडौं, मोरङ, कैलालीलगायतका जिल्लाबाट लागुऔषधसहित १६ जना पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका– १४, कलंकीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब सात ग्राम ४१० मिलिग्राम, डिजिटल तराजु एक थान र नगद ५६ हजार ६ सय रुपैयाँसहित सिन्धुली मरिण गाउँपालिका– ७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ४, भसन्थलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १२ ग्राम ७६० मिलिग्रामसहित सोही नगरपालिका– ४, पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका– ११ घर भएका २४ वर्षीय दीपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र. ०३–००१ प ०९६३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
त्यस्तै, मोरङको रतुवामाई नगरपालिका– २ डोरियाबाट ब्राउनसुगरजस्तो देखिने चार ग्राम १० मिलिग्राम पदार्थसहित दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका– १ बस्ने २३ वर्षीय दीपेश धिमाल र ३३ वर्षीय पूर्णबहादुर जोगी रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४७ प ८००२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका– ४ सुन्दर बस्ती टोल बस्ने ३३ वर्षीय सुमन तामाङ योञ्जनलाई अवैध लागुऔषध गाँजा करिब चार किलो ७५० ग्रामसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका– १० बाट ब्राउनसुगरजस्तो देखिने करिब दुई ग्राम ५४० मिलिग्राम पदार्थसहित दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका– १२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका– ४, बाघमाराबाट खैरो हेरोइनजस्तो देखिने ३१० मिलिग्राम पदार्थसहित दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय विश्राम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता झापाको झापा गाउँपालिका– ४, लसुनाबाट ब्राउनसुगरजस्तो देखिने एक ग्राम २५ मिलिग्राम पदार्थसहित शिवसताक्षी नगरपालिका– ११ बस्ने २६ वर्षीय निशान न्यौपानेसमेत दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोदसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका– ७, बत्तीसटोलबाट ८७ ट्याब्लेट र स्पास्पेन ८८ ट्याब्लेट ट्रामाडोलसहित सोही नगरपालिका– ६, ठाकुरबारी बस्ने पर्वत मोदी गाउँपालिका– ६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
उता चितवनको भरतपुर महानगरपालिका– १७, गोब्रेनीबाट खैरो हेरोइनजस्तो देखिने करिब एक ग्राम ३३० मिलिग्राम पदार्थसहित सोही महानगरपालिका– १७ बस्ने २४ वर्षीय रविन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनकै भरतपुर महानगरपालिका– १८, सिमरी टाउनचोकबाट खैरो हेरोइनजस्तो देखिने करिब दुई ग्राम ८९० मिलिग्राम पदार्थसहित सोही महानगरपालिका– १७ बस्ने ३७ वर्षीय अमिर गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै, दाङको घोराही उपमहानगरपालिका– १५ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २७० मिलिग्रामसहित दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका- १४, मिलनचोक बस्ने २४ वर्षीय विशाल बुढामगर र सोही उपमहानगरपालिका– १५, दीपशिखाचोक बस्ने २७ वर्षीय भीमसेन थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।