लैंगिक हिंसाविरुद्ध मटिहानीमा र्‍याली र सडकनाटक

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

मटिहानी नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार मटिहानीमा र्याली निकालेको छ। ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ मटिहानीमा र्याली निकालिएको हो।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले नेतृत्व गरेको र्यालीले नगर परिक्रमा गरेको थियो। सो अवसरमा र्यालीमा सहभागी तथा स्थानीयहरूलाई सडकनाटकमार्फत समेत लैंगिक हिंसाबारे सचेत गराइएको थियो।

र्याली तथा सडकनाटक आयोजनामा ओरेक नेपाल, रोयम नेपाल र रतौली युवा क्लबले समन्वय गरेका थिए। नगरप्रमुख मण्डलले सभ्य र सुरक्षित समाज निर्माणका लागि हिंसा अन्त्य अनिवार्य रहेको बताए।

सुझावित समाचार