एनएमबि बैंक र एनसिएचएलबिच अनलाइन पेमेन्टका लागि सहकार्य

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

 एनएमबि बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सञ्चालन गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधामार्फत बैंकले फिजिकल मर्चेन्टजस्तै अनलाइन मर्चेन्ट गरी उक्त बैंकका अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी गरिएको भिसा र मास्टरकार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

बैंकले नेपालमा ई–कमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवेले थ्रिडी सेक्युअर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्ने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकाले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुने बैंकको विश्वास छ । 

अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरूले उक्त पेमेन्ट गेटवेमा आबद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रक्रिया र प्राविधिक व्यवस्था गरेपश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन् । 

सुझावित समाचार