नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएकाे छ। इन्डियन आयल कर्पोरेसनबाट डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १.४४ पैसाले घटेर आएका कारण निगमले पनि मूल्य घटाएको जनाएको छ। पेट्राेलकाे मूल्य भने यथावत रहेकाे छ। घटेको मूल्य सोमबार बिहान १ बजेदेखि कार्यान्वयन हुनेछ।
मूल्य घटेसँगै १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ ।मूल्य घटेसँगै १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ ।
यस्तै, हवाई इन्धनको मूल्य ६ रुपैयाँ प्रतिलिटर बढेको छ। इन्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्य सूचीमा हवाई इन्धनको मूल्य ५.६२ पैसा बढाएर पठाएको छ। ग्यासकाे मूल्य पनि यथावत नै रहेकाे छ।