आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन थप १२० दलले दर्ता निवेदन दिएका छन्। दल दर्ताको लागि थपिएको चार दिनमा १२० दलले निवेदन दिएका निर्वाचन आयोगले जनाएको छ।
मंसिर १ देखि १० गतेसम्म निर्वाचनका लागि दल दर्ता समय तोकिएकोमा आयोगले चार दिन समय थप गर्दै आज मंसिर १४ सम्मको समय दिएको थियो। आयोगले प्राप्त निवेदनहरूउपर जाँचबुझ गरी योग्यता पुगेका दलहरूलाई मंसिर २० गतेसम्म स्वीकृति दिने जनाएको छ।
आयोगका अनुसार हालसम्म निर्वाचनका लागि दर्ता भएका कुल दलको संख्या १४३ पुगेको छ। आइतबार मात्र चार नयाँ दल दर्ता भए। दर्ता प्रक्रियामा रहेका १६ मध्ये समावेशी समाजवादी, आवाज पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, जनअधिकार पार्टी दर्ता भएका हुन्।