प्रतिनिधिसभा निर्वाचन : १६८ नयाँ मतदानस्थल थप, पुराना ९३ वटा खारेज

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका मतदानस्थलहरू पुनरावलोकन गरेको छ ।

आयोगले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गर्दै अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरेको हो। यसबाट साबिकमा कायम १० हजार ८९२ मतदानस्थलमा खुद ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदानस्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायतका कार्यहरू गरिएको छ।

सुझावित समाचार