एमालेको प्रतिनिधि छनाेटको क्रममा नवलपुरमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डे पराजित भएका छन् ।
केन्द्रीय प्रतिनिधिका लागि नवलपुर क्षेत्र नम्बर २ बाट खुलातर्फबाट उम्मेदवारी दिएका पाण्डे ३४० मत प्राप्त गर्दै पराजित भएका हुन् । आठजना उम्मेदवारमध्ये उनी अन्तिम २ मा परेका थिए ।
नवलपुर–२ बाट खुलातर्फ मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारी, बाबुराम पाण्डे र रोशन थापा निर्वाचित भएका छन् ।
त्यसैगरी, नवलपुर–२ बाट युवातर्फ कृष्ण गैरे, महिलातर्फबाट कावासोती नगर उपप्रमुख फूलकुमारी थनेत र र बालु पुरी निर्वाचित भएका छन् ।
त्यसैगरी, नवलपुर क्षेत्र नम्बर १ बाट खुलातर्फ चारजना प्रतिनिधिका लागि भएको १२ जनाको उम्मेदवारी परेकोमा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रोशनबहादुर गाहा, एमाले पूर्वजिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, एमाले नवलपुर जिल्ला सचिव भीमलाल कँडेल र नरदेव न्यौपाने निर्वाचित भएका छन् ।
यहाँ महिलातर्फ देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी र विजयी भएका छन् भने युवातर्फ बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी मगर विजयी भएका छन् ।
दलिततर्फ जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विक निर्विरोध निर्वाचित भएका हुन् ।