फेरि सर्‍यो कांग्रेस बैठक

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। १४ मंसिर आइतबार लागि डाकिएको बैठक एक दिन सारेर १५ मंसिर सोमबार बस्ने सूचना जारी भएको थियो। कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले अब सोमबार बैठक बस्ने जानकारी गराएका छन्।

आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि पनि कांग्रेस केन्द्रीय समिति बैठक लगातार सूचना निकालेर सारिएको थियो।

सुझावित समाचार