राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच आइतबार एकता हुने भएको छ।
दुई दलबिच पार्टी एकताका लागि आइतबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सभा राखिएको छ। समितिको शुक्रबार साँझ बसेको विशेष बैठक (भर्चुअल)ले पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै एकता घोषणा सभा आयोजना गर्ने निर्णय गरेकाे थियो।