सर्वसम्मत निर्णयको अवस्था नबनेसम्म बैठक सरिरहन्छ : खड्का

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मत निर्णय गर्ने अवस्था नबनेसम्म बैठक सारिरहने बताएका छन्। बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन्। 

वक्तव्यमा भनिएको छ– माफ पाऊँ सबैसँग बैठक सारेकोमा, गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नुहुन्छ। जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु, म कार्यबाहक रहेसम्म।

यसअघि कांग्रेसले भोलि दिउँसो हुने भनिएको बैठक आइतबारका लागि सारेको सूचना सार्वजनिक गरेको थियो।

सुझावित समाचार