रातो नम्बर प्लेट राखेर यात्रु बोक्ने २९ सवारीसाधन नियन्त्रणमा

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

सल्यानमा रातो नम्बर प्लेट राखेर यात्रु बोक्ने विभिन्न २९ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा इभी, जिप, डब क्याप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

 १३ वटा इभी, ८ वटा डबल क्याप र ८ वटा जिप गरी २९ सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय, इप्रका सितलपाटी, इप्रका लुहाम, इप्रका देवस्थल, अस्थायी प्रहरी पोस्ट बालुवा र अस्थायी प्रहरी पोस्ट बाबियाचौरबाट चेकिङमा खटिएको ट्राफिकसहितको टोलीले रातो नम्बर प्लेट राखेका सवारीसाधनले यात्रु ओसारपसार गर्ने क्रममा नियन्त्रणमा लिएको उनाको भनाइ छ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयसहित सम्बन्धित प्रहरी कार्यालयमा राखेर आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार