जनकपुरले गुमायो एकै ओभरमा दुई विकेट

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
जनकपुरले गुमायो एकै ओभरमा दुई विकेट

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

साबिक विजेता जनकपुर बोल्ट्सले बिहीबार दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरुद्ध खराब सुरुवात गरेको छ।

पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो ओभरमै दुई महत्त्वपूर्ण विकेट गुमायो । विपिन खत्रीले इनिङ्सको ०.४ ओभरमा ओपनर आसिफ शेखलाई विकेट पछाडि रोसिंटनबाट स्टम्पिङ गराए। शेखले सामना गरेको पहिलो बलमै स्टम्पिङ हुँदै गोल्डेन डकआउट भए।

त्यसछि ०.६ ओभरमा विपिनले शुभ शंकरलाई बोल्ड गरे । शुभले दुई बलमा एक चौका प्रहार गरी चार रन बनाए । जनकपुरले दुई विकेट गुमाएर १३ रन जोडेको छ ।

यसअघि पोखराका सुमित बर्माको अर्धशतकीय इनिङ्सको सहयोमगा पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा गर्याे । चालू एनपिएलमा पोखरा टस जितेर ब्याटिङ गर्ने पहिलो फ्रेन्चाइज टोली बनेको छ । यसअघि टस जित्ने टोलीहरूले फिल्डिङ रोज्दै आएका थिए । पोखराका लागि युगान्डाका सुमितले २९ बल खेल्दै दुई चौका र चारछक्का मद्दतमा सर्वाधिक ५० रनमा नटआउट इनिङ्स खेले ।

पोखरा इनिङ्सको एक समय १०.२ ओभरमा ६४–४ को अवस्थामा थियो । सुमित र तृतराज दासले पाँचौँ विकेटका लागि ७२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई १८.४ ओभरमा १३६–५ को अवस्थामा राखे । तृतराजले २८ बलमा दुई चौकाको सहयोगमा २९ रन बनाए । यसैगरी, दिनेश खरेलले ३९ रन र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा साबिक विजेता जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । कप्तान अनील शाह र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

दुई–दुई खेल खेलेका यी दुई टोली हालसम्म अंकविहीन छन् ।

सुझावित समाचार