जेन–जी आन्दोलनका क्रममा भागेका चार हजार ८५७ कैदीबन्दी अझै फरार

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा भागेका नाै हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेन–जी  आन्दोलनका क्रममा भागेका र फरार भएका चार हजार ८५७ जना अझै बाहिरै छन् ।

उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

सुझावित समाचार