प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरूसँग छलफल थालेकी छिन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले छलफल जारी छ।
छलफलमा एमाले महासचिव शंकर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी छन्। सरकारका पक्षबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन्।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको निर्वाचनलगायत समसामयिक विषयमा संवाद थालेकी हुन्।