नेपाल यू–१७ एएफसी छनोटबाट बाहिरियो

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय युवा टोलीको एएफसी यू–१७ फुटबल प्रतियोगिताको छनोट यात्रामा पूर्णविराम लागेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएकाे छनोट खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएकाे हाे । हारसँगै अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू–१७ एसियन कप छनोटबाटै नेपालको यात्रामा पूर्णविराम लागेको हो । समूह ‘जी’को अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ । 

छनोट खेलमा नेपाल तीनवटै खेलमा पराजित भयो । म्यानमारको थुवुन्ना रंगशालामा ओमानले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । नवौँ मिनेटमा अनमोल कार्कीले आत्मघाती गोल गरेपछि ओमानले १–० को अग्रता बनायो ।

१९औँ मिनेटमा ओमानका घसानले २–० का लागि गोल गरे । नेपालविरूद्ध ३९औँं मिनेटमा साद अल मामरीले तेस्राे गोल गरेका थिए । बसर बदर र युनिस अल मिनाईले एक–एक गोल गरेपछि नेपाल ओमानसँग ५–० ले पराजित भयो ।

जितपछि ओमानले दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा ओमानले सिरियालाई ३–१ ले हराएको थियो । नेपाल यसअघि म्यानमारसँग ४–० र सिरियासँग ४–२ ले हारेको थियो ।

सुझावित समाचार