कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । भोलि दिउँसो २ बजे बस्ने भनिएको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी सरेको कांग्रेस पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा शुक्रबार बस्ने आगामी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।