लागु औषध ब्राउनसुगरसहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१ बगर बस्ने २८ वर्षका मनोज श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता÷सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरा– २६ कालिकाचोकमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठले चलाएको ग.२५प १९२१ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीमा राखेको १.३ ग्राम ब्राउनसुगर बरामद गरेको बस्नेतले जानकारी दिए ।
पक्राउपछि प्रहरी नियन्त्रणमा रहेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट बुधबार लागुऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।