एआइजी कार्कीको उपत्यका प्रहरीमा पदस्थापन, डिआइजी अधिकारीलाई प्रबन्ध निर्देशनालय

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

हालै बढुवा भएका प्रहरीका उच्च अधिकारीको पदस्थापन भएको छ। एआइजी ईश्वर कार्कीको उपत्यका प्रहरी कार्यालयमा पदस्थापन भएको छ। उनले बुधबार दर्ज्यानी चिह्न लगाएपछि पदभार ग्रहण गरेका छन्। 

त्यस्तै, डिआइजीमा बढुवा भएका विश्व अधिकारीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा पदस्थापन भएको छ। डिआइजी विनोद घिमिरेको कोशी प्रदेशमा सरुवा भएपछि निर्देशनालयमा डिआइजीको दरबन्दी रिक्त थियो। 

सुझावित समाचार