नक्कली पिएचडीका आधारमा नियुक्ति : त्रिविका चार प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

पढ्दै नपढेको पिएचडी हासिल गरेको भन्दै नियुक्ति लिने र प्रमाणपत्र प्रमाणित गर्ने चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका तत्कालीन सहपरीक्षा नियन्त्रक  डिल्लीराम प्रसाईं तथा पद्मकन्या लक्ष्मी क्याम्पसकी प्राध्यापक डा. जयालक्ष्मी प्रधान, त्रिविको रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मेघराज पोखरेल र त्रिविका तत्कालीन प्राध्यापक तथा हाल नेपाल विज्ञान तथा विधि प्रज्ञान प्रतिष्ठान खुमलटारका प्राध्यापक डा. मोतीलाल शर्माविरुद्ध बुधबार विशेष मुद्दा दायर भएको हो। प्रसाईंले पिएचडी नगरे पनि पिएचडीसमेत गरेको भनेर त्यसको नम्बर जोडेर उनलाई नियुक्ति दिइएको थियो। 

प्रधान नेतृत्वको छनोट समिति उनको कागजात प्रमाणित गरेकाले उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ । 

यस विषयमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक रूपमा छानबिन गर्दा प्रसाईंको पिएचडी नक्कली भएको खुलेपछि उनलाई हटाएर सो पदमा गोविन्दप्रसाद गुरागाईंलाई नियुक्त गरिसकेको छ। प्रसाईं डिग्री क्याम्पस विराटनगरका प्राध्यापक हुन्। 
 

सुझावित समाचार