नेकपा एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ। बुधबार दर्ता भएको रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
मंगलबार एमाले संसदीय दलले निर्णयअनुसार संसद् विघटन असंवैधानिक भएको भन्दै नेताद्वय महेश बर्तौला र सुनिता बरालले पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका थिए।
जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उक्त नियुक्ति असंवैधानिक रहेको भन्दै एमाले सर्वोच्च गएको हो।