पर्साबाट दुई क्विन्टल गाँजा बरामद (भिडियोसहित)

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरीले दुई क्विन्टल गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा मंगलबार सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सहायक प्रहरी निरीक्षक दीपेन्द्रप्रकाश मल्लको कमान्डमा खटिएको टोलीले पर्साको बिन्ध्यवासिनी गाउँपालिका– ५, बटसौराबाट परालको कुन्युभित्र लुकाइछिपाइ राखेको २१३ किलो (२० वटा पोकामा प्याक गरिएको अवस्थामा) गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसारमा कडा निगरानी राख्दै इन्टेलिजेन्स लेड अपरेसन सञ्चालन गर्दै आएको छ ।

लागुऔषध नियन्त्रण तथा निस्तेज कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्देशनअनुरूप पर्सामा प्रभावकारी रूपमा लागुऔषध नियन्त्रण कार्यलाई तीव्रता दिँदै आएको गणपति सहायक प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बताए ।

हेर्नुहोस् भिडियो

See More On

सुझावित समाचार