जाडो बढेसँगै क्रम्पटनका नयाँ गिजर बजारमा

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

क्रम्पटन ब्रान्डले नेपाली बजारमा नयाँ स्टोरेज वाटर गिजरका मोडेल सार्वजनिक गरेको छ । क्रम्पटनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले दुई नयाँ मोडेल एसेन्जा प्लस र सोलारियम केयरको बिक्री–वितरण सुरु भएको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ मोडेल स्टोरेज हिटिङ टेक्नोलोजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्छ । साथै, दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो सोलुसन पनि प्रदान गर्ने कम्पनीको भनाइ छ । 

दुवै नयाँ मोडेलमा ट्यांकलाई दिगो र सुरक्षित राख्ने, पानी तात्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने, ट्यांकभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने विशेषता छन् । विद्युत् खपत कम गर्नुका साथै दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त हुने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार