मुख्यसचिव र एक सचिवको अवकाश, चार सचिवको सरुवा

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीले अवकाश पाएका छन्। मुख्यसचिवले ५८ वर्षे उमेरहदका कारण र सचिव दुवाडीले सचिवको पाँचवर्षे पदावधिका कारण मंगलबारदेखि अवकाश पाएका हुन्। 

सरकारले नयाँ मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरिसकेको छ। 

त्यस्तै, सोमबारको मन्त्रिपरिषद्को बैठकले चार सचिवको पनि सरुवा गरेको छ । कोशी प्रदेशमा प्रमुख सचिवका रूपमा कार्यरत चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा मधेशमा कार्यरत मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । 

संघीय मामिलाका रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। त्यस्तै, भूमि व्यवस्थाका केदारनाथ शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । 

सुझावित समाचार