प्रतिनिधिसभाको २१ फागुनमा ताेकिएकाे निर्वाचनमा भाग लिन मंगलबार मात्र १६ दलले दर्ता निवेदन दिएका छन्।
एमाले र उज्यालो नेपालसहित मंगलबार १६ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका हुन्। यससँगै दल दर्ताका लागि निवेदन दिने कुल दल संख्या ८० पुगेको।
मंगलबार नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सर्वोदय नागरिक पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, नेपाली जनता दल, नागरिक सर्वोच्चता पार्टी नेपाल, आमुल परिवर्तन रिपब्लिकन पार्टी, जनजागरण पार्टी नेपाल, त्रिमूल नेपाल, इतिहासिक जनता पार्टी, राष्ट्रिय कम्युनिस्ट पार्टी र प्रजातान्त्रिक पार्टी नेपालले निवेदन दिएका हुन्।