नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ३, सर्दीमा भेटिएको बम डिस्पोज गरिएको छ।
मंगलबार सर्दीको हिरौटेबाट पहेलटाँडी जाने कच्ची बाटोमा भेटिएकाे बम (ह्यान्ड ग्रिनेड) नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। उक्त बम माओवादी जनयुद्धकालमा छाडिएको हुन सक्ने आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नेपाली सेना नम्बर २ वन तथा पर्यावरण गण हात्तीखोरबाट गएको टोलीले बम डिस्पोज गरेको हो।