उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। मन्त्रिपरिषद्को यही मंसिर ५ गते बसेको मन्त्रिपरिषद् निर्णयअनुसार भण्डारीलाई उपरथीमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो।
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।