अनसिन प्रदर्शनीसँगै आर्टुडियो सुरुवात

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

आर्टुडियोले अनसिन नामक पपअप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको सुरुवात गरेको छ । २१ नोभेम्बरमा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाले सिर्जना गरेका कलाकृति प्रस्तुत गरिएको थियो ।

आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सिर्जनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्साएको बताइएको छ ।

आकार फाउन्डेसनको सहकार्यमा आर्टुडियो र अटिजम केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाको परिणामस्वरूप अनसिन सुरु भएको बताइएको छ । प्रदर्शनीमा प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग अनुभवबाट सिर्जना भएको श्रेष्ठले बताए । 

See More On

सुझावित समाचार