डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका छात्राहरू सुमित्रा बुढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही ३०÷३० हजार रुपैयाँसहित ‘नइ कपिल विद्या पदक’ समर्पण गरिएको छ ।
नइ एकेडेमीले दुर्गमका चार जिल्लाका छात्राहरू ०८२ सालका लागि सर्वोत्कृष्ट घोषण गर्दै पदक प्रदान गरेको हो । एकेडेमीले चार जिल्लाका सरकारी स्कुलबाट १२ कक्षाका छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान गर्दै आएको छ ।
सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् ।
एकेडेमीले ०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि ‘नइ कपिल विद्या पदक समर्पण गर्दै आएको छ ।