कुमारी बैंक लिमिटेड र बन्दीपुर केबल कार एन्ड टुरिजम लिमिटेडबिच विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौताबमोजिम बन्दीपुर केबल कार एन्ड टुरिजम लिमिटेडबाट प्रदान गरी आएको सेवाहरूमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साइक्लिङ र जिपलाइन टिकट तथा डाइभ इन रेस्ट्राेमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको हो।
बैंकका तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।