सुनको मूल्य एक हजार नाै सय रुपैयाँले घट्यो

सोमबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

 स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार नाै सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँ कायम भएको छ ।


आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला तीन हजार ११५ रुपैयाँ कायम भएको छ ।

सुझावित समाचार