गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा देशभरका १९ स्थानमा कार्यक्रम गरेको छ । बैंकले आइतबार आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । जसबाट कुल ६ सय दुई युनिट रगत संकलन भएको छ ।
त्यसैगरी, देशका विभिन्न १६ स्थानका विद्यालयलाई शैक्षिक सामग्री, विद्यालय पोसाक, पानी फिल्टर मेसिनलगायतका सामग्री वितरण गरिएको छ ।